काठमाडौँ– उपत्यकाभित्रका दुईवटा महानगरपालिका काठमाडौं र ललितपुरमा एमाले र राप्रपावीच चुनावी तालमेल हुने भएको छ ।
काठमाडौँ र ललितपुर दुबैमा एमालेले मेयर तथा राप्रपाले उपमेयर लिने सहमति भएको जनाइएको छ ।


ADVERTISEMENT


एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जिल्लाबाट उनको नाम आएको थियो । उपमेयरमा भने राप्रपाले उम्मेदवारी दिएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौंमा विद्या सुन्दर शाक्यको सम्भावना बढी रहेको अर्का दाबेदार जीवनराम श्रेष्ठले जानकारी दिए । यसै गरी काठमाडौंमा पनि उपमेयर राप्रपाले लिनेछ ।

भर्खरै राप्रपा अध्यक्ष कमल थापा र दीपक बोहोराले एमालेको संसदीय दलको कार्यालयमा पुगेर केपी ओलीसँग चुनावी तालमेलबारे छलफल गरेका थिए । दुबै दलले संयुक्त उम्मेद्वारी दिने सहमतिसँगै आ-आफ्नो दलका तर्फबाट नाम टुंगो लगाउन राप्रपा र एमालेका नेताहरु जुटेका छन् ।