काठमाडौँ– एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएको छ ।लामो रस्साकस्सीपछि एमालेले मनोनयन दर्ताको अन्तिम समयमा शाक्यलाई उम्मेदवार बनाएको हो । उपमेयरमा भने एमालेले राप्रपालाई छाडेको छ ।


ADVERTISEMENT


महानगरपालिका मेयरका उम्मेद्वार शाक्य ०४९ र ०५४ सालको स्थानीय चुनावमा काठमाडौं २१ का वडाध्यक्ष थिए । उनी एमालेका काठमाडौं जिल्ला सचिव हुन् ।


ADVERTISEMENT

# # #


महानगरको मेयरलाई लिएर एमालेभित्र विवाद थियो । माधव नेपाल पक्षका जीवनराम श्रेष्ठ, र वामदेव पक्षका केशव स्थापितले समेत मेयरमा दाबी गर्दै आएका थिए । गौरी प्रधान पनि मेयरका दाबेदार थिए ।

अन्तिम घडीमा एमाले नेता जीवनराम श्रेष्ठले केशव स्थापितलाई उठाउनुभन्दा विद्यासुन्दरलाई समर्थन गर्छु भन्दै पछि हटेपछि शाक्यका नाममा सहमति भएको हो । गौरी प्रधानले पनि आफू अमेरिका जान लागेको भन्दै दाबेदारी छाडेका थिए । शाक्य केपी ओली निकटका नेता हुन् । शाक्य दुई कार्यकाल महानगरमा वडा अध्यक्ष निर्वाचित भएका थिए ।