काठमाडौं–अस्पतालजन्य संक्रमण नियन्त्रण हुन नसक्दा यसले उपचार थप चुनौतीपुर्ण बनाएको छ । विशेषगरी जटिल शल्यक्रिया गरिएका विरामी अस्पतालजन्य संक्रमणको मारमा पर्ने गरेका छन् ।


ADVERTISEMENT


जसको कारण शल्यक्रिया सफल भएका विरामी मृत्युको मुखससम्म पुग्ने गरेका छन् । शल्यक्रियापश्चात विरामी जति लामो समय अस्पताल बस्छन्, उति संक्रमणको जोखिमा पर्छन् ।


ADVERTISEMENT

# # #


सरकारी अध्ययनअनुार अस्पतालमा हुने मृत्युको २५ प्रतिशत कारण यस्तै संक्रमण हो । संङ्क्रमणले गर्दा विरामीमा विभिन्न खाले समस्याद देखिन्छन्, कमजोर, हुने अपांग हुने रोगी हुने र मृत्युसमेत ।

विरामीको अस्पताल बसार्य सक्दो कम गर्न सकेमा उनीहरुको आर्थिक भार त घट्छ नै, जटिलभन्दा जटिल संक्रमणबाट समेत बचाउन सकिने चिकित्सक बताउँछन् । – आजको कान्तिपुरबाट