काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने आश्वासन दिएका छन् । काठमाडौंमा मंगलबार आयोजित पुस्तकालयको वार्षिक साधारण सभामा बोल्दै उनले सो आश्वासन दिएका हुन् ।


ADVERTISEMENT


प्रचण्डले भृकुटीमण्डलभित्रै पुस्तकालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन आफूले सरकारसँग कुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यस अवसरमा अध्यक्ष दाहालले पुस्तकालयलाई आधुनिक प्रविधियुक्त बनाउन पनि आफूले पूरै साथ दिने बताए ।


ADVERTISEMENT

# # #


उनले जनतालाई सुसूचित गराउने पुस्तकालय निर्माणका लागि जग्गा उपलब्ध नहुनु बिडम्वनापूर्ण अवस्था भएको पनि उल्लेख गरे । १५ वर्ष भत्र स्थापना गरिएको यो पुस्तकालयको आफ्नै भवन छैन । पुस्तकालयले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।