काठमाडौँ– विश्व मुवाथाई वल्र्ड च्याम्पियनसिप मा सहभागी हुन नेपाल मुवाथाई संघका केन्द्रीय अध्यक्ष भिमसिंह गुरुङको नेतृत्वमा ४ सदस्ययी टोलि मंगलबार मेक्सिको तर्फ प्रस्थान गरेको छ ।


ADVERTISEMENT


अध्यक्षको नेतृत्वमा रहेको टोलीमा व्यस्थापक रोशन कुमार श्रेष्ठ, प्रशिक्षकमा सम्पन्न श्रेष्ठ तथा खेलाडीमा सञ्जय बर्तोला रहेका छन । सञ्जयले ६१ के.जी तौल तर्फ प्रतिस्र्धा गर्नेछन । प्रतियोगीता मे १० देखी १९ सम्म सञ्चालन हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


टोलीको नेतृत्व समेत गरिरहेका अध्यक्ष गुरुङका अनुसार यस प्रतियोगीतामा विश्वका १०० भन्दा बढि राष्ट्रका खेलाडीहरु सहभागी हुने मुवाथाईको सबैभन्दा ठुलो प्रतियोगीता भएको बताएका छन । उनले भने, ‘हामी पदकका लागि लड्दैछौ ।’