काठमाडौं–डिफेन्डिङ च्याम्पियन मुम्बई चौथो स्थानमा उक्लिएकोको छ । बुधबार राति इन्डियन्स इन्डियन प्रिमियिर लिग (आइपिएल)मा कोलकाता नाइट राइडडर्सलाई १ सय २ रनको फराकिलो अन्तरले हराउँदै मुम्बई चौथो स्थानमा पुगेको हो ।


ADVERTISEMENT


समान १० अंकको मुम्बई चौथो स्थानमा उक्लँदा कोलकाता चौथोबाट पाँचौं स्थानमा झरेको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको कोलकाता १८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रनमा समेटिएको थियो । उसका लागि नितेश राना र क्रिस लेनले समान २१–२१, टोम कुरुनले १८ र रोविन उथप्पाले १४ र पियुष चाउलाले ११ रन बनाउनुबाहेक कुनै पनि खेलाडीले दोहारो अंकमा रन बनाउन सकेनन् ।


ADVERTISEMENT

# # #


कोलकातालाई सस्तैमा समेट्ने क्रममा मुम्बईका कुर्नाल पाण्डेय र हार्दिक पाण्डेयले समान २–२ तथा मिचेल म्याक्लिघान, जसप्रित बुम्रहा, मयंक मर्कन्डे र बेन कटिङले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १० रन बनाएको थियो। उसका लागि इशान किशनको अर्धशतक पुरा गरेका थिए।

सूर्यकुमार यादव र इभिन लेविसले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको खेलमा तेस्रो विकेटका लागि कप्तान रोहित शर्मा र इशानले ८२ रनको साझेदारी गरे। इशानले २१ बलमा टोलीका लागि सर्वाधिक ६२ रन जोडेका थिए। उनले ६ छक्का र ५ चौका प्रहार गरे ।

रोहित र सूर्य कुमारले समान ३६ रन जोडे। सूर्यकुमारले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ३१ बल खेलेका रोहितले २ चौका र १ छक्का प्रहार गरे । हार्दिक पाण्डेयले १३ बलमा २ छक्कासहित १९ रन जोडे। लेविसले १८ रन बनाए । अन्तिम ओभरमा १६ रन जोडेका बेन कटिङले २४ रन बटुले।

कोलकाताका पियुष चावलाले ३, प्रसिद्ध कृष्ण, टोम कुरान र सुनिल नारिनले समान १–१ विकेट लिए।

यो जितसँगै मुम्बईले शीर्ष चारको सम्भावनालाई कायमै राखेको छ। प्ले अफ प्रवेशका लागि अब मुम्बईले आगामी सबै खेल जित्नैपर्ने हुन्छ।

आइपिएलमा बिहीबार शीर्षस्थानको सनराइजर्स हैदराबादले पुछारमा रहेको दिल्ली डेयरडेभिल्सको सामना गर्दैछ। हैदारावादको १० खेलबाट ८ जितसहित १६ अंक छ भने समान खेलबाट दिल्लीको ३ जितसहित ६ अंक जोडेको छ।