काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।


ADVERTISEMENT


कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।


ADVERTISEMENT

# # #


कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसका साथै सो बैठकले मंसिर २५ गते, बिहान साढे १० बजे साधारण सभा बोलाउने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ।