काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका छन् ।


ADVERTISEMENT


प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको तर नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन् । उनले वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रीत नरहेको आरोप समेत लगाए ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगले मात्रै चुनावको कुरा गरेर चुनाव नहुने भन्दै महासचिव पोखरेलले सरकार पनि गम्भीर हुनुपर्ने धारणा राखे । अन्य राजनीतिक दलहरुले पनि जेनजी पुस्ता रिसाउलान भनेर चुनाव–चुनाव भनिरहेको उनको भनाइ छ ।

उनले नेपाल प्रहरीको मनोवल उच्च नबनाएसम्म चुनावको वातावरण बन्न नसक्ने जिकिर गरे । पोखरेलले प्रतिनिधिसभाको पुनस्र्थापनाको एजेन्डासहित एमाले अहिले जनतामाझ गइरहेको जिकिर गरे ।

त्यस्तै महासचिव पोखरेलले बाह्य शक्ति, नेपालको राजनीतिमा आफ्ना सत्ता आकांक्षा पुरा नभएर कुण्ठित बन्न पुगेका राजनीतिक दलहरु, वैकल्पिक शक्ति निर्माण गर्ने नाममा अराजकता मच्चाइरहेकाहरुले जेनजी आन्दोलनलाई ध्वस्तात्मक बनाउने काम गरेको आरोप लगाए । जेनजी आन्दोलनमा षडयन्त्र गर्नेहरुको परिचान गरि दोषिलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।