उदयपुर–उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका अनुसार मगरको घरमा आगलागी हुँदा दुईतले घरसहित अन्नपात, लत्ताकपडा, नगद तथा भाँडाकुडासहित घरका सम्पूर्ण वस्तु जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको छ ।


ADVERTISEMENT

# # #


मानवीय क्षति भने नभएको र अन्यत्र आगलागी हुन नदिन स्थानीय प्रहरी चौकी र जनताको सहभागितामा आगो नियन्त्रण गरिएको पनि प्रहरीले बताएको छ ।