काठमाडौं– एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ। एजीएमले स्वीकृति दिएपछि मात्रै सोही दरमा लाभांश वितरण गरिने बैंकले जनाएको छ।


























































