काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १ सय ३५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर ३ हजार १ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


























































