काठमाडौं– बकैया गाउँपालिकाले नयाँ निर्माण भएको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुन स्थानीय नागरिकलाई औपचारिक निमन्त्रणा गरेको छ।
पत्रमा जनाइएअनुसार, प्रमुख अतिथि माननीय ईन्द्र बहादुर बानियाँको उपस्थितिमा भवन उद्घाटन कार्यक्रम आयोजना हुँदैछ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सबै बकैया बासी, सामाजिक अगुवाहरू, बुद्धिजीवी तथा सरोकारवाला व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रममा गरिमा थपिदिन आग्रह गरेको छ।
गाउँपालिकाका अनुसार भवन उद्घाटनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ भवन सञ्चालनमा आएपछि प्रशासनिक सेवा प्रवाह अझ सहज, छरितो र प्रभावकारी हुने विश्वास स्थानीय तहले व्यक्त गरेको छ।


























































