काठमाडौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय नेपाल भ्रमणबारे विवेकशील साझा पार्टीले धारणा व्यक्त गरेको छ । बिहीबार एक विज्ञप्ती निकाल्दै पार्टीले भ्रमणले दुई देशबीचमा देखिएको अविश्वास हटाई पारस्पारिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान गर्ने विश्वास गरेको बताएको छ ।


ADVERTISEMENT


यस्तै विवेकशील साझाले मोदीको भ्रमणका क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानीहरू नअपनाइएको भए पनि उनको भ्रमणलाई हाम्रो राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढङ्बाट टीकाटिप्पणी नगर्न अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


मिथिला सभ्यताले परिचित जनकपुर र मुक्तिनाथको भ्रमण र दर्शनले यी दुबै ठाउँकाृ पचारप्रसारमा मदत पुग्ने विश्वास पार्टीले व्यक्त गरेको छ । साथै उसले नेपाल सरकारको निमन्त्रणामा आउन लागेका मोदीलाई स्वागत गर्दागर्दैपनि नाकाबन्दी भने भुल्न नहुने कुरा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘भ्रमणको हार्दिक स्वागत गर्दागर्दै पनि हामी २०७२ सालमा विनाशकारी भूकम्पको लगत्तै प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले नेपालमाथि लगाएको अमानवीय र अन्तर्राष्ट्रिय कानुन प्रतिकूलको अघोषित नाकाबन्दीको स्मरण गराउन चाहन्छौँ। राज्य र जनस्तर दुवै तहमा घनिष्ट सम्बन्ध रहेको ठुलो छिमेकी देशबाट नेपालले विभिन्न बहानामा तेस्रो नाकाबन्दी भोग्नु अत्यन्तै खेदजनक घटना थियो।’ विज्ञप्तीमा भनिएको छ ।

यस्तै बारम्बार उत्पन्न हुने सीमा विवाद र तराईमा वर्षायाममा बाढीका कारण उत्पन्न हुने डुबान समस्याको समाधान पारस्पारिक सम्मानका आधामा गर्न विज्ञप्तीमा अनुरोध गरिएको छ ।