काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा पोखरा एभेन्जर्सले डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई १५६ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो । पोखराका लागि मध्यम स्कोर खडा गर्ने क्रममा सुमित बर्माले सर्वाधिक ५० रन बनाए । सोक्रममा उनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै ओपनर दिनेश खरेल ३८, तृतराज दासले २९ तथा अदाम रसिंग्टनले २४ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ जनकपुरका सञ्जय कृषमूर्तिले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २१ रन खर्चिए । यस्तै अनिल शाह र ललित राजवंशीका नाममा समान १–१ विकेट रह्यो ।

समान २–२ खेल खेल्दा जितविहीन रहेका यी दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।