काठमाडौँ – एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५’ सम्मेलनमा ‘एक्सेलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड प्राप्त गरेको छ ।
बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको भन्दै यो सम्मान दिइएको छ ।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।



























































