काठमाडौं– शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ ।
आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो । शुक्रबारको बजारमा चाँदी तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको छ ।


























































