काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको चुनौती दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनाएको हो ।


ADVERTISEMENT

# # #


कर्णालीका लागि प्रियंक पञ्चलले सर्वाधिक ६३ रन हाने । सो क्रममा उनले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै विलियम बसिस्टोले ४८ बलमा २ चौकाको मदतमा नटआउट ४८ रन जोडे भने गुल्शन झा १० बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । भने नजिवुब्लाह जदरानले नटआउट ११ रन बनाए ।

बलिङतर्फ विराटनगरका मर्चेन्ट डी लांगे र कप्तान सन्दीप लामिछानेले समान १–१ विकेट लिए । विराटनगरले जवाफी ब्याटिङ गर्दैछ ।