काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले कर्णाली याक्समाथि रोमाञ्चक जित हात पारेको छ । विराटनगरले शुक्रबार कर्णालीलाई ३ हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि बासिर अहमदले सर्वाधिक ६२ रन बनाए । नट आउट रहेका उनले त्यसक्रममा ४३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै नारायण जोशीले १६ बलमा २ चौका र १ छक्काको मदतमा २५ रन बनाए भने साहिल पटेल १९ तथा साम हिजलेटले १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ कर्णालीका गुल्शन झा र सोमपाल कामीले समान २–२ विकेट लिए भने पवन सर्राफ, नन्दन यादव र विलियम वसिस्टोले समान १–१ विकेट हात पारे ।

यसअघि ब्याटिङतर्फ कर्णालीका लागि प्रियंक पञ्चलले सर्वाधिक ६३ रन हाने । सो क्रममा उनले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै विलियम बसिस्टोले ४८ बलमा २ चौकाको मदतमा नटआउट ४८ रन जोडे भने गुल्शन झा १० बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । भने नजिवुब्लाह जदरानले नटआउट ११ रन बनाए ।

बलिङतर्फ विराटनगरका मर्चेन्ट डी लांगे र कप्तान सन्दीप लामिछानेले समान १–१ विकेट लिए । एनपीएलमा भोलि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।