काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले आफ्नो छोटो कार्यकालमा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्ने बताएकी छन् ।


ADVERTISEMENT


सोमबार मन्त्रालयमा बाजुरामा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाउन आएका युवाहरुसंगको छलफलका क्रममा मन्त्री गौतमले फागुनसम्ममा स्वास्थ्य क्षेत्रमा अधिकतम सुधारको प्रयास गर्ने बताएकी हु्न् ।


ADVERTISEMENT

# # #


निर्वाचनको आचारसंहिता लागू हुनुभन्दा पहिलेनै छिटो रफ्तारमा काम गर्न आफुले मातहतका निकायलाई निर्देशन समेत दिएको उनले बताइन् । मन्त्री गौतमले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा मेडिकलको पढाइ सुरु गर्ने प्रयास भइरहेको भन्दै आवश्यक जनशक्ति प्रवन्धको तयारी भइरहेको जानकारी दिइन् ।

उनले गेटामा आवश्यक स्रोत साधन उपलब्ध गराउन मन्त्रालय प्रतिवद्ध रहेको बताइन् । त्यस्तै मन्त्री गौतमले बाजुरा जिल्ला अस्पताललाई सुदृढीकरण गर्न केन्द्रले आवश्यक सहजीकरण गर्ने उल्लेख गरिन् ।

उनले सुदूरपश्चिम र कर्णालीलाई उच्च प्राथमिकतामा राखेर नयाँ सरकारले काम गरिरहेको जानकारी दिइन् ।