काठमाडौँ – त्रिभुवन विश्वविद्यालय कानुन संकायले परीक्षा समाप्त भएको सातौं दिनमा नतिजा प्रकाशित गरेको छ । त्रिविको कानुन संकायले गत कार्तिक २४ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन भएको एलएलएम चौथो तह (समेटेस्टर) समूहका नतिजा सोमबार प्रकाशित गरेको हो ।


ADVERTISEMENT


यस्तै एलएलएम तह (६ सेमेष्टर समुह) को दोश्रो सेमेष्टरका नियमित र आशिंक दुवैको नतिजा समेत सोमबार नै प्रकाशित गरिएको छ ।


ADVERTISEMENT

# # #


त्रि वि कानुन संकायका सहायक डीन केशरमणी अर्यालका अनुसार त्रि.वि. कानुन संकायका नव नियुक्त डीन प्रा.डा. डि.एन. पराजुलीको कार्ययोजना बमोजिम कानुन संकायले सञ्चालन गर्ने सेमेष्टर प्रणाली अर्न्तगतका परीक्षाहरुको सञ्चालन र नतिजा शैक्षिक कार्यतालिका बमोजिम निर्धारित समयमा हुनेछन् ।

अब डीन कार्यालयले लिने सेमेष्टर प्रणाली अर्न्तगतका सबै तहका परीक्षाहरुको नतिजा परीक्षा समाप्त भएको मितिले ६० दिनभित्रमा गरिसक्ने उनले बताए ।