काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको चुनौती दिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाए । रिटायर्ड आउट हुनुअघि उनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै विनोद भण्डारीले २१ रन बनाउँदा आरिफ शेखले १६ बलमा २ चौका र १ छक्काको मदतमा नटआउट २४ र कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बलमा २ छक्काको मदतमा नटआउट २४ रन बनाए ।
बलिङतर्फ चितवनका शेव जैवले सर्वाधिक २ विकेट लिए भने जर्ज स्क्रिम्स र रञ्जित कुमारले समान १–१ विकेट हात पारे । सुदूरपश्चिमले जवाफी ब्याटिङ गर्दैछ ।
एनपीएलको प्लेअफको सम्भावनालाई जीवितै राख्न आज चितवनलाई आज जित्नै पर्ने दबाब रहेको छ । सुदूपश्चिम भने दुई खेल अगावै प्लेअफमा पुगिसकेको छ।


























































