काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड विपरित अघि बढ्न खोजेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदै शाहीले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगाएतका माग जेनजी आन्दोलनको रहेपनि सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रीत भएको बताए । वर्तमान सरकार ८४ को निर्वाचन ८२ मा गर्न मात्रै गठन नभएको हेक्का राख्न उहाले सुझाव दिए ।


ADVERTISEMENT

# # #


शाहीले जनेजी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएपनि वर्तमान सरकारले समेत शान्ति, सुशासन र अमनचयनमा ध्यान दिन नसकेको बताए । वर्तमान सरकारबाट जेनजी युवाहरुमाथि धोका भएको उनको भनाइ छ ।

शाहीले देशले जित्नेगरी राजा, जेनजी र दलहरुबीच गोलमेच सम्मेलन गरी संविधान संशोधनको सम्झौता गर्नुपर्नेमा जोड दिए । अहिलेको अवस्थामा निर्वाचित भएर नयाँ मान्छे शासन चलाउन आएपनि मुलुकको अवस्थामा परिवर्तन नहुने उनको भनाइ छ ।

उनले प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था कायमका लागि दबाब दिन राप्रपाले मंसिर २३ गते उपत्यकामा प्रदर्शन गर्न लागेको जानकारी दिए ।

राप्रपाले उठाएका मुद्दा केवल एक पार्टीको मात्रै नभइ सबै जनताको मुद्दा रहेकाले राष्ट्रिय झण्डामा एकजुट भएर जनताहरु सडकमा आउने उनको भनाइ छ ।