काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा महत्वपूर्ण खेलमा आज जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिले ब्याटिङको गर्ने निर्णय गरेको हो । खेल अपराह्न ४ः०० बजे सुरु हुँदैछ ।
६ खेलमा ३ जितसहित खेलबाट ६ अङ्कका साथ अंक तालिकाको चौथो स्थानमा रहेको लुम्बिनीले प्लेअफ पुग्न आजको जित अनिवार्य छ । उसले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर प्लेअफको प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।
यता जनकपुरले जितेमा भने प्ले अफमा पुग्ने चौथो टोलीको टुंगा लाग्ने अझै कुर्नुपर्नेछ । जनकपुरले हालसम्म ५ खेलबाट १ जित र ४ हारसहिट २ अङ्कका साथ अंक तालिकाको पुछारमा रहेको छ । यस हिसाबले आजको खेल दुबै टोलीका लागि ‘गर या मर’को अवस्थामा रहेको छ ।


























































