काठमाडौँ – जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी घरमा आगजनी र तोडफोडमा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा एमाले मोरङले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ ।


ADVERTISEMENT


शुक्रबार जिल्लास्थीत पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले मोरङले आन्दोलनका क्रममा आगजनी र तोडफोडमा संलग्नको नाम, फोटो, भिडियोलगायतका प्रमाणसहित कारबाहीको माग गर्दै जाहेरी दिएको जनाएको हो । एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जेन्जी आन्दोलनको घटनामा भएको क्षतिको छानबिन गर्न एमालेले कार्यदल गठन गरेको र त्यसको प्रतिवेदनको आधारमा जाहेरी दिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


जेनजी आन्दोलनको माग जायज भए पनि भदौ २४ गते आन्दोलनका नाममा घुसपैठ गरी विध्वंस मच्चाउनेहरुलाई कारवाहीसहित क्षतिपूर्तिको समेत माग गरिएको उनले बताए । उनले आगजनी र तोडफोडमा संलग्न आफ्नै कार्यकर्ताहरुलाई पनि पक्राउ र कारवाही गर्न माग गरिएको उल्लेख गरे ।

जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय, पार्टीकार्र्यालयहरु, विभिन्न व्यक्तिका निजी घर गरी ७६ ठाँउमा आगजनी र तोडफोड गरिएको विवरण संकलन गरिएको छ । नेकपा एमाले मोरङले प्रदेश सांसद उमाकान्त गौतमको संयोजकत्वमा ५ सदस्यीय क्षति विवरण संकलन समिति गठन गरेको थियो ।