काठमाडौं– आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँमा किनबेच भएको सुनको मूल्य आइतबार साताको पहिलो कारोबार हुँदा २०० रुपैयाँ घटेको हो । आज १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ किनबेच भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


























































