काठमाडौं– काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा आज कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार ३ः३० बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


दुवै टोली एनपीएलको प्लेअफबाट बाहिरिसकेकाले यसले प्रतियोगितामा कुनै अर्थ राख्ने छैन । तर, दुबै टोली अन्तिम खेलमा जित निकाल्दै एनपीएफमा आफ्नो यात्रा सकारात्मक रुपमा टुंग्याउन चाहन्छन् ।

एनपीएलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले क्वालिफायर्स–१ खेल्दैछन् । उक्त खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले क्वालिफायर्स–२ का रुपमा दोस्रो मौका पाउने छ ।

प्लेअफमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । उक्त खेलको विजेता टोलीले क्वालिफायर्स–२ मा क्वालिफायर्स–१ मा पराजित टोलीसँग खेल्नेछ । विजेता टोली फाइनल पुग्नेछ ।

एनपीएको उपाधिका लागि फाइनल खेल आगामी शनिबार हुनेछ ।