काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ग्रेटर नेपालका केन्द्रीय सदस्यहरु विमल बुढाथोकी, प्रकाश सुवेदी र गोविन्द बोहरा रहेका छन् ।


ADVERTISEMENT


भारतिय प्रधानमन्त्रीको राजकीय भ्रमणप्रति वितृष्णा फैलाउन खोज्ने ग्रेटर नेपालका ३ जना केन्द्रिय सदस्यलाई नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट समाजवादी कांग्रेसको पर्चासहित २ जनालाई पक्राउ परेको छ ।

बानेश्वरबाट पक्राउ पर्नेहरुमा काभ्रे स्थायी घर भएकी पार्वती थापा र सिन्धुलीका सन्तोष बराल रहेका छन् । प्रहरी स्रोतका अनुसार चावहिल चोकबाट साजन पौडेल र जिवन घिमिरे पक्राउ परेका छन्