काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर्स–१मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विरानगरले फिल्डिङ राज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल नेपाली समय अनुसार ४ः०० बजे सुरु हुनेछ ।
८ टोलीले प्रतिस्पर्धा गरेको एनपीएलमा सुदूरपश्चिम अंक तालिकाको पहिलो र विराटननगर दोस्रो स्थानमा रहँदै क्वालिफायर्समा पुगेका थिए । यस्तै काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो र चौथो हुँदै इलिमिनेटरमा पुगेका थिए ।
आज जित्ने टोली फाइनलमा पुग्नेछ भने हार्ने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ । त्यसका लागि उसले इलिमिनेटरको विजेता टोलीसँग खेल्नुपर्ने छ ।
दुवै टोलीले आज जित निकाल्दै फाइनल पुग्ने लक्ष्य रहेको छ । यसअद्धि लिथग चरणमा ७ मध्ये ६ खेल जितेको सुदूरपश्चिमलाई हराएको विराटनगर उच्च मनोबलमा साथ मैदान उत्रिँदैछ । यता सुदूरपश्चिम लिग चरणको हारको बदला लिँदै लगातार दोस्रो पटक फाइनल पुग्ने दाउमा रहेको छ ।
प्रतियोगिताको फाइनल आगामी शनिबार हुनेछ ।



























































