काठमाडौँ – गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहीद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।


ADVERTISEMENT


मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सहीदहरुको सम्झनामा सहीद परिवार, घाइते परिवार लगाएत युवाहरुले दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलनमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता समेत सहभागी भएका छन् ।


ADVERTISEMENT

# # #


दीप प्रज्वलनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा दमन गर्नेहरुमाथि कारवाही गर्न दृढतापूर्वक सरकार अघि बढ्ने बताए । नेपालको राज्यप्रणालीका साथै दोषिलाई अन्तराष्ट्रिय रुपमा घेराबन्दी गर्ने उनले बताए ।

गृहमन्त्री अर्यालले सरकारले गठन गरेको जाँचबुझ आयोगका साथै मानवअधिकार आयोगले कारवाही सिफारिस गर्ने व्यक्तिलाई समेत कारवाही हुने स्पष्ट पारे ।

उनले जनेजी आन्दोलनपछि बनेको सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढेको भन्दै अख्तियारले ठूला ठूला अनियमिता प्रकरणमा मुद्दा दर्ता गरेको जिकिर गरे । पर्दा पछाडी बसेर राज्य र नेताहरुलाई समेत नचाउने तत्वहरु पहिचान भइसकेको उनले बताए ।

गृहमन्त्री अर्यालले जेनजी म्याण्डेड अनुसार सरकार अघि बढेको भन्दै जेनजी सहीद र घाइतेहरुको पक्षमा सरकारले काम गर्ने धारणा राखे ।

सरकारले जेनजी आन्दोलनका ४५ जना सहीदहरुलाई जेनजी सुशासन योद्धाका रुपमा सम्मान गर्ने निर्णय समेत गरिसकेको छ भने जिल्लास्तरीय शहीद सूचिमा राख्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।