काठमाडौं– कारोबार हुने साताको चौर्थौ दिन बुधबार, नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १५० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन अर्थात् मंगलबार, यस्तो सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला तीन हजार ७५० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।



























































