काठमाडौं– कारोबार हुने साताको पाँर्चौ दिन बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ तोला सुनको मूल्य २ लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल ३ हजार ८०५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँका कारोबार भएको थियो, भने १ तोला चाँदी ३ हजार ७५० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।



























































