काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा अनिल जोशी नियुक्त भएका छन् ।


ADVERTISEMENT


मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत जोशीलाई मंसिर २३ गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नहुँदासम्म वा बढीमा ३ महिनासम्मका लागि उक्त जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।