काठमाडौँ – ज्योति विकास बैंककोले सप्तरीको रुपनी शाखाका कर्मचारीमाथि भएको गरिएको आक्रमणको भत्सर्ना गरेको छ ।
कर्जाको किस्ता नियमित गर्न ऋणीसँग छलफलका लागि गएका बैंकको क्षेत्रीय कार्यालय बर्दिबासका २ जना कर्मचारीहरुमाथि रुपनीका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालक ऋणीहरुले गरेको आक्रमणको विराध गरेको हो ।
कर्मचारीहरुलाई फर्म रहेको स्थानमा ऋणी प्रा.लि.का संचालक, उनका परिवारका सदस्य तथा सहयोगीहरुले छलफलका लागि खटाइएका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बैँकले जनाएको छ ।
‘अपराधिक मनोवृत्तिले सुनियोजित ढंगबाट घण्टौंसम्म आफ्नो नियन्त्रणमा लिई बहालवाला उपमेयर समेतको संलग्नतामा भएको यो घटना अत्यन्त खेदजनक रहेको छ ।’ विकास बैँकले भनेको छ, ‘साथै, कर्मचारीहरुलाई नियन्त्रणमा लिई धितो लिलामी स्थगनको निर्णय लिखित रुपमा तत्काल केन्द्रिय कार्यालयबाट पत्र उपलब्ध नगराएमा ज्यान लिने धम्की दिएको अवस्थामा सुरक्षा निकायबाट कुनै सहयोग नपाएपछि बैंकलाई विकल्पविहिन अवस्थामा उक्त पत्र लेख्न बाध्य बनाइएको व्यहोरा समेत सम्पुर्णमा जानकारी गराउँदछौं ।’
नियामक निकाय नेपाल राष्ट्र बैंकबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन, नियमको पालना गर्दै बैंकिग व्यवसाय गर्ने राष्ट्रिय स्तरको विकास बैंकका कर्मचारीहरु उक्त व्यवसाय सञ्चालन गर्ने साधक रहेकाले उनीहरुमाथिको आक्रमण दुर्भाग्यपूर्ण रहेको बैँकले जनाएको छ ।
‘सोही व्यवसायिक दायित्व पालनाका क्रममा भएको यो घटना निकै नै दुर्भाग्यपुर्ण छ। हाल पछिल्ला समयहरुमा बैंक तथा वित्तीय संस्थाहरू विभिन्न अराजक तथा अपराधिक गतिविधिको निशानामा परिरहेकोमा यस विकास बैकका कर्मचारीहरु समेत यस्ता अपराधिक व्यक्तिहरुको निशानमा परेको प्रति दुःख व्यक्त गर्दै, यस्ता आपराधिक कार्यहरूको घोर निन्दा तथा भर्त्सना गर्दछौँ ।’
अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाहीको लागि आवश्यक कानुनी प्रक्रिया समेत अघि बढाइसकिएको बैँकले जनाएको छ ।



























































