काठमाडौँ – उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने भएका छन् । ढकालले झापा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने निर्णय गरेका हुन् ।


ADVERTISEMENT


देशको निजी क्षेत्र, उद्यमशीलता र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएका ढकाल अब राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका खेल्न अघि बढ्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


झापा–३ मा राजनीतिक वातावरण चर्किँदै, जनताबीच पनि नयाँ अपेक्षाहरू बढ्दो छ। झापा–३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र हो ।

यसअघि उनले नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गर्र्दै प्रतिनिधिसभाको यात्रा तय गरेका थिए । तर, यसपटक ढकालले उम्मेदवारी दिने तयारी गरेसँगै झापा–३ को निर्वाचन प्रतिस्पर्धा अझ रोचक हुने भएको हो ।