काठमाडौं–दुई दिने राजकीय भ्रमणमा शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान मुक्तिनाथ प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


मुक्तिनाथको दर्शन र पूजा आजका लागि मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मुस्ताङ प्रस्थान गरेका हुन् ।


ADVERTISEMENT

# # #


मोदी हेलिकोप्टरमार्फत मुस्ताङ प्रस्थान गरेका हुन् ।

मोदीले मुक्तिनाथमा केहीबेर पूजा अर्चना गर्नेछन् । त्यसलगत्तै काठमाडौं फर्किएर त्रिभुवन विमानस्थलबाट विशेष पूजाको लागि सिधै उनी पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ ।

दिउँसो मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक भिनन्दनसमेत गर्ने कार्यक्रम छ । मोदी आजै भारत फर्कनेछन् ।