काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक भएर अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सकारात्मक भएका छन् ।


ADVERTISEMENT


बालेनका सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा उनीहरुबीचको करिब २ घण्टा लामो वार्ता सकारात्मक रुपमा टुंगिएको रास्वपाका नेता राजीव खत्रीले बताएका छन् । उनले बालेन र रविबीच पुनः छलफल हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


यता बैठकपछि मुस्कानका साथ निस्किएका रवि लामिछानेले आफ्नो अनुहारले नै बताउने बताए । निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचि निर्वाचन आयोगमा बुझाउने मिति नजिकएसँगै उनीहरु एकसाथ निर्वाचनमा जाने गरी सहमति गर्न पुनः छलफलमा जुटेका हुन् ।

यसअघि केही दिन अघि उनीहरुबीच कमलपोखरीस्थित एक घरमा ६ घण्टा लामो छलफल भएको थियो । जसमा रविले बालेनलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि बढाउने सहमति भएको समाचार बाहिरिएका थिए । तर, यसले औपचारिक स्वरुप पाउन नसकेपछि बालेन आफ्नै नेतृत्वमा देशविकास पार्टी र चुनाव चिह्न लौरोमार्फत निर्वाचनमा जाने तयारीमा जुटेका थिए ।

त्यसअघि उनी रविसँग निर्णायक वार्तामा जुटेका हुन् ।