काठमाडौँ – पूर्व गृहमन्त्री रमेश लेखकले पुस १४ गते सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जनेजी आन्दोलनमा भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको बताएका हुन् ।


ADVERTISEMENT


आयोगले बयानका लागि शुक्रबार उपस्थीत हुन पत्रचार गरेको भन्दै उनले आफु भने सोमबार आयोगको कार्यालयमा पुगेर बयान दिने बताए । ‘आयोगले भदौ २३ र २४ गतेका घटनाका बारेमा जानकारी लिन मलाई बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु। उहाँहरूले शुक्रबारलाई बोलाउनु भएको रहेछ। म सोमबार बयान दिन आउँछु भनेको छु,’ लेखकले भने।


ADVERTISEMENT

# # #


जेन–जी आन्दोलनका क्रममा भएको दमनका बारेमा बयान दिन जाँचबुझ आयोगले लेखकलाई पत्रचार गरेको थियो । पार्टी केन्द्रीय समिति बैठकमा परामर्शपछि लेखक बयानका लागि तयार भएका हुन् ।