काठमाडौँ – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ ।
जेन–जी आन्दोलनबारे आयोगले लेखकसँग बयान लिएसँगै उनलाई काठमाडौँ उपत्यकाबाहिर जान र विदेश भ्रमण गर्न लगाएको रोक फुकुवा गरेको हो । यसअघि सोमबार लेखक आयोगमा बयान दिन गएका थिए ।
आयोगले अन्य सबैसँग बयान लिए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीसँग भने बयान लिन बाँकी नै छ । उनलाई बयानका लागि बोलाउन चाँडै पत्र काट्ने आयोगको तयारी छ ।
तर, ओलीले भने आफू बयान दिन नजाने भनिसकेका छन् । आयोगले लेखकसहित ओलीलाई पनि गत असोज १२ गते स्थानहद तोकेको थियो ।


























































