काठमार्डौ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ ।


ADVERTISEMENT


आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल ४ हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहीबार छापावाल सुनको मूल्य प्रतितोला लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल ४ हजार ४१५ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।