काठमाडौं–रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार दिगो सामाजिक सुरक्षाका कार्यक्रममार्फत लोक कल्याणकारी राज्य स्थापना गर्नतर्फ लागिरहेको बताएका छन् ।


ADVERTISEMENT


लोककल्याणकारी राज्य र समाजवादको आधारभूत पक्षका रुपमा रहेको सामाजिक सुरक्षाका कार्यक्रमलाई सर्वकालिक तुल्याउँदै लैजाने मन्त्री पोखरेलको भनाई छ ।


ADVERTISEMENT

# # #


आइतबार अन्र्तराष्ट्रिय लाइन्स क्लव काठमाडौंमा गरेको वरिष्ठ जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै रक्षा मन्त्री पोखरेलले योगदानमा आधारित सामाजिक संरक्षणका कार्यक्रममार्फत जनताको हितमा काम गर्ने अठोट व्यक्त गरे ।

‘राज्य भनेको लोककल्याणकारी काम गर्ने संस्था पनि हो’, उनले भने– ‘विगतमा हामीले लोककल्याणकारी काम गर्ने खोज्दा कनिका छरेको भनियो, तर हामी भन्छौं–राज्य भनेको लोककल्याणकारी काम गर्ने संस्था पनि हो । नाफामा मात्रै राज्य कुद्नुहुँदैन । जनताको हितमा काम गर्नुपर्छ । वृद्धाहरुको रक्षा लोककल्याणकारी कामको महत्वपूर्ण अंग हो ।’