काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन् ।


ADVERTISEMENT


संघीय संसदको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले मोदीको नेपाल भ्रमणका सन्दर्भमा जनताले उठाएको देशभक्ति र राष्ट्रियताको सवालमा देखाएको सजगतालाई आफूले सकारात्मक रुपमा लिएको बताए ।
‘जनताले सरकारलाई गल्ती नहोस्, कमीकमजोरी नहोस्, चुक्ने काम नहोस् । विगतका कमीकमजोरीहरु पनि सच्याउने काम होस् । यस्ता यस्ता समस्या छन् जसाई सच्याइयोस् भनेर खबरदारी गर्नुभयो’, ओलीले भने, ‘सबैको चासो र चिन्तालाई सरकारले सकारात्मक रुपमा लिएको छ ।’


ADVERTISEMENT

# # #


हेर्नुहोस लाइभः