काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादा विपरीतको अभिव्यक्ति आएको बताएका छन् ।


ADVERTISEMENT


उनले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको नाम नलिई उनको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको बताएका हुन् ।  उनले भने–‘नेपाल सरकारको परराष्ट्र सम्बन्ध सञ्चालन गर्नेबाट यो भएको होइन । नेपाल भारतका सम्बन्धमा हाम्रो नीति स्पष्ट सम्बन्ध छँदै छ ।’


ADVERTISEMENT

# # #


उनले जनकपुरमा नेपाल भारतबीच मित्रता अभिबृद्धी गर्ने क्रममा जनताको सकारात्मक सहभागिता रहेको समेत उल्लेख गरे ।

जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए । उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए ।