काठमाडौँ – आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको जर्सी सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


नेपाली पुरुष टोलीका कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सिनियर खेलाडी सोमपाल कामी, महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो र सिनियर खेलाडी रुबिना क्षेत्रीले संयुक्त रुपमा जर्सी लगाएर सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


 

सार्वजनिक जर्सीको डिजाइन नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्दाको जर्सीजस्तो मिलाइएको छ । अघिल्लो भागमा विश्वकपको लोगो, क्यानको लोगो र सेतो अक्षरमा नेपाल लेखिएको छ । पृष्ठभूमिमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आकृति राखिएको छ । यस्तै काँधमा चन्द्र र सूर्यको आकार राखिएको छ ।

समर्थकले तीन किसिमको विश्वकपको जर्सी किन्न सक्नेछन् । जसअनुसार खेलाडीले लगाउने गुणस्तरकै जर्सीको मूल्य ३ हजार ४९९ पर्नेछ । यस्तै त्यसको रेप्लिका जर्सीको १ हजार ५९९ रुपैयाँ पर्नेछ भने फ्यान जर्सीको ७९९ पर्ने जनाइएको छ ।

जर्सीको बिक्री भाटभटेनी सुपर मार्केटले गर्नेछ । जुन नेपाली टोलीको आधिकारिक नेपालको जर्सी प्रायोजक हो ।

नेपालले आफ्नो विश्वकपको पहिलो खेल आगामी फेब्रुअरी ८ मा भारतको मुम्बईस्थित वेंखेडे स्टेडियममा इंगल्याण्डविरुद्ध खेलेर सुरुवात गर्नेछ ।