काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षका कार्यकर्ताहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


विशेष महाधिवेशनको निर्णय गर्न माग गर्दै उनीहरुले मंगलबार पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका हुन् । उनीहरुलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि आक्रोशित हुदै नारा लगाएका थिए ।


ADVERTISEMENT

# # #


साथै विशेष महाधिवेशन पक्षका कार्यकर्ताहरुले पार्टी बैठकका लागि पुगेका नेताहरुलाई कार्यालय प्रवेशमा अवरोध गरेका छन् भने नियमित महाधिवेशन पक्षका नेताहरुबिरुद्ध नारावाजी गरेका छन् ।