काठमाडौं– गैरन्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको भन्दै विरोध स्वरुप काठमाडौंमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिएको छ ।
खोला मापदण्ड विरुद्ध भूमि अधिकार संरक्षण समितिले बुधबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको हो । काठमाडौंको टेकुबाट सुरु भएको मोटरसाइकल र्यालीसहितको प्रदर्शनले उपत्यकाका विभिन्न नगर परिक्रमा गरेको थियो ।
प्रदर्शनमा सहभागीहरुले जनताको सम्पतिको अधिकार सुनिश्चित गर, गैरन्यायिक खोला तथा सडक मापदण्ड खारेज गर, भूमिमा हाम्रो प्राण छ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
सडक तथा खोला मापदण्डका नाममा ८४ हजार भन्दा बढि घरधुरीको उठिवास लाग्ने अवस्था आएकोले विरोध प्रदर्शन गर्नुपरेको समितिले जनाएको छ ।































































