काठमाडौँ – उर्जामन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन् । मन्त्री घिसिङले पत्रकार सम्मेलन गरी अहिले राती ९ बजे राजीनामा दिन लागेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा लागेको भन्दै सोमबार घिसिङसहित ३ जनालाई राजीनामा दिन सुझाएकी थिइन् ।


ADVERTISEMENT

# # #


कुलमान रास्वपासँग उज्यालो नेपाल पार्टीको एकतापछि उपसभापति बनेका छन् । तर, प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिँदा आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको जिकिरि गरेका थिए ।