बार्सिलोना–पूरा ला लिगा सिजन अपराजित रहँदै सक्ने बार्सिलोनाको सपना एक खेल बाँकी छँदा चकनाचुर भएको छ । निकै कमजोर मानिएको लेभान्तेसँग ५–४ गोल अन्तरले स्तब्ध बनेपछि बार्सिलोना नयाँ इतिहास रच्नबाट चुकेको हो ।


ADVERTISEMENT


इमानुएल बोयेटाङको ह्याट्रिक र एनिक बार्धीको दुई गोलको मद्दतले लेभानतेले खेलमा ५–१ को अप्रत्यासित अग्रता लिएको थियो । बार्साका लागि फिलिपे काउन्टिन्होले ह्याट्रिक तथा लुइस सुवारेजले पेनाल्टीबाट गोल गरेपछि अन्तिम समय निकै रोमाञ्चक बनेको थियो ।


ADVERTISEMENT

# # #


तर, ला लिगा च्याम्पियनले बराबरी गोल फर्काउन सकेन । पछिल्ला ४४ खेलमा पहिलो पटक हारको स्वाद चाख्न बाध्य भयो । १५ औा स्थानमा रहेको लेभान्तेविरुद्ध अर्नेस्टो भालभार्डेले लिगका सर्वाधिक गोलकर्ता लियोनेल मेस्सीलाई आराम दिएका थिए ।

गत हप्ता रियल म्याड्रिडविरुद्ध पराजयबाट जोगिएपछि बार्सिलोनाले लिगमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको थियो । सन् १९३० यता स्पेनको शीर्ष लिगमा कुनै पनि टोलीले अपराजित रहँदै पूरा लिग सम्पन्न गरेको छैन । जबकी त्यतिबेला मात्र १८ खेल हुन्थ्यो ।

यस सिजन ३६ खेलमा २४ गोल खाएको बार्सिलोनाले हिजोको खेलमा अप्रत्यासित रुपमा ५ गोलले पछि परेको थियो । अब अर्को आइतबार हुने रियल सोसिडाडविरुद्धको खेल आन्द्रेस इनियेस्टाको बिदाई मात्र बन्नेछ ।