काठमाडौं–इंग्लिस प्रिमियर लिगको अन्तिम खेल जितेको म्यान्चेष्टर सिटीले एक सय अंकको कीर्तिमान बनाएको छ । आइतबार रातिको खेलमा साउथह्याम्टनलाई संघर्षपूर्ण खेलमा १–० ले हराएपछि यसअघि नै प्रिमियर लिगको उपाधि जितिसकेको सिटीले एकै सिजनमा १०६ गोल र १०० अंकको कीर्तिमान कायम बनाएको हो।


ADVERTISEMENT


म्यान्चेष्टर सिटीलाई जिताउन खेलको इन्जुरी समयमा ग्राबिएल जिससले गोल गर्दै दुर्लभ कीर्तिमान बनाउन सहयोग गरे। जुन अहिलेसम्म कुनै पनि टिमले गरेको थिएन । एक खेलबाँकी हुँदा ९७ अंक बनाएर यसअघि चेल्सीले बनाएको सिजनमा सर्वाधिक ९५ अंकको कीर्तिमान भंग गरेको म्यानचेस्टर सिटी सिजनमा १०० अंक बनाउने पहिलो टिम बनेको छ ।


ADVERTISEMENT

# # #


खेलको निर्धारित ९० मिनेटसम्म पनि गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयको पनि चौथो मिनेटमा गोल भएको हो । सिटीले सिजनका ३८ खेलमा ५० अंक घरेलु मैदानमा भएका खेलबाट जोडेको छ भने ५० अंक अवे मैदानबाट ।

सिजनका ३२ खेलमा जित र चार खेलमा बराबरी गरेको सिटीले दुई खेल गुमाएर पनि १०० अंक बनायो । उसले यो सिजन लिगमा १०६ गोल गरेको छ भने मात्रै २७ गोल खाएको छ ।