बुटवल–प्रदेश ५ संसद्को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । पहिलो अधिवेशन अन्त्य भएको ५ दिनपछि दोस्रो अधिवेशन शुरु हुन लागेको हो । प्रदेश ५ को प्रदेशसभा सचिवालयले सोमबार अपराह्न १ बजे दोस्रो अधिवेशनको पहिलो बैठक डाकिएको जानकारी दिएको छ ।


ADVERTISEMENT


दोस्रो अधिवेशनको पहिलो वैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक पेश हुने कार्यसूची छ । विधायन समितिले सुविधासम्बन्धी विधेयकको प्रतिवेदन बुझाएपछि निर्णयार्थ पेश हुन लागेको हो ।


ADVERTISEMENT

# # #


यस्तै आर्थिक वर्ष २०७५/७६ का लागि तयार गर्न विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिका प्रस्तावहरु आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नेछन् ।

समय निर्धारण गरी विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल शुरु हुने कार्यसूची रहेकोे प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिए ।