वीरगञ्ज–पर्सामा दुलही लिन आएको जन्ती रित्तो हात घर फर्केको छ । विवाहमा दुलाहाले धोती लगाउन नमानेको विषयमा विवाद भएपछि वरियात दुलहीबिनै घर फर्केको हो । वीरगञ्ज महानगरपालिका पिपरा निवासी रामबाबु मिश्राको घरमा आएको जन्ती विवादपछि दुलही नै नलिई आइतबार फर्किएको हो ।


ADVERTISEMENT


जीतपुर निवासी रोशनकुमार मिश्रको विवाह वीरगञ्जका रामबाबु मिश्राकी छोरीसँग तय भएकोमा शनिबार राति जन्ती आएको थियो । जन्तीले खानपिन शुरु गरिसकेपछि विवाहको कार्यक्रम शुरु गरिएकोमा मण्डपमा बस्ने समयमा दुलाहाले धोती लगाउन मानेनन् । लगत्तै परम्परा नमानेको भन्बेदै हुली पक्षले विवाद शुरु गरेका थिए । विवादका क्रममा बिहान तीन बजे जन्ती र बेहुली पक्षबीच कुटाकुट नै हुन पुगेको थियो ।


ADVERTISEMENT

# # #


कुटपिटबाट ४ जना घाइते

मधेसी समुदायमा बेहुला धोती लगाएर मण्डपमा बस्नुपर्ने प्रचलन छ । तर, बेहुलाले त्यसलाई नमानेपछि बेहुलीका मामाले बेहुलामाथि दुव्र्यवहार गरेका थिए । विवादको क्रममा दुलाहा र दुलाहाका भिनाजुलगायत जन्तीहरुमाथि कुटपीट भएको थियो । कुटपीटबाट घाइते दुलाहाका भिनाजु सन्तोष मिश्रालगायत चार जना घाइते समेत भएका थिए । उनीहरु नेशनल हेल्गथ केयर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

झगडाको भित्री कारण दाइजो

स्रोतका अनुसार झगडाको बाहिरी कारण जे सुकै देखिए पनि भित्री कारण भने दाइजो भएको बताइएको छ । केटा र केटी विवाहका लागि राजी भइसकेको भए पनि केटा पक्षले दाइजोको विषयमा असहमति राख्दै आएका थिए । यसअघि दुलाहाको कपडा किन्ने विषयमा समेत विवाद भएको बुझिएको छ ।

कुरा छिन्ने समयमा केटी पक्षले केटा पक्षलाई २ लाख ५० हजार नगद र १ लाख ८० हजारको मोटरसाइकल दिने सहमति भएको थियो । तर केटी पक्षले २ लाख जति नगद र १ लाख ५० हजार जति मात्रै मोटरसाइकलका लागि दिएपछि केटा पक्ष असन्तुष्ट थिए । विवाहको दिनमा दुलाहाका दाइले जन्तीका लागि खाने कुरा मिठो नभएको भन्दै असन्तुष्टी जनाएका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक मैनालीले दुवै पक्षलाई सम्झाइ–बुझाइ थप विवाद नगर्ने गरी पठाएको जानकारी दिए । ‘ लगभग विवाह सक्कीसके पछि विवाद भएको रहेछ । केटा र केटी दुवै विवाह गर्न राजी देखिए ।’ उनले भने ‘ दुवै पक्षलाई बसाएर अब आईन्दा झै झगडा नगर्ने वाचा गरेपछि छोडि दिएको छु ।’